देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबा रामदेवको पतञ्जलीलाई सरकारले जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ – शेरबहादुर देउवाले पतञ्जली योग पीठलाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन्।

शुक्रवार पतञ्जली योगपीठ नेपालले आयोजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गैरनाफामूलक कामका लागि सरकारले बाबा रामदेवलाई सक्दो सहयोग गर्ने बताए।

‘आज संसारमा साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, बाबा रामदेवले नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारका तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।’

बाबा रामदेवले नेपालमा धेरै काम गर्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले सरकारले सक्दो सहयोग गर्ने वचन दिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले बोलेका थिए।