
काठमाडौं- काठमाडौं महानगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम (नेपाल भाषा) को अध्यापन सामूदायिक विद्यालयमा लागू भए पनि निजी विद्यालयले हालसम्म लागू नगरेको पाइएको छ ।
महानगरपालिकाले वि.स २०७७/७/१६ गते सूचना जारी गर्दै स्थानीय पाठ्यक्रमको पठनपाठन गराउन सबै विद्यालयलाई निर्देशन दिए पनि अधिकांश निजी विद्यालयले हालसम्म पठनपाठन नगराए पनि महानगर मुक दर्शक भएर बसेको छ ।
विद्यार्थीलाई अनावश्यक किताबको भार बोकाउने शिक्षक अभाव, विद्यार्थीहरुले इच्छा नदेखाएको लगायत विभिन्न कारण देखाउँदै स्थानीय पाठ्क्रमलाई वेवास्ता गर्दै आएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) का अनुसार अनिवार्य गरेको ‘नेपाल भाषा’ संविधानसम्मत नभएको हुनाले लागू नगरेको जनाएको छ ।
संविधानमा मातृभाषा अनुसार आधारभूत तहसम्मको शिक्षा लिनसक्ने भनेकाले काठमाडौं महानगरले निर्माण गरेको ‘नेपाल भाषा’ सबैको भाषा नभएको निजी विद्यालयको तर्क छ ।
उता महानगरले भने करोडौं खर्च गरेर बनाएको पाठ्यक्र लागू नहुँदा निर्माण गर्न लागेको समय पानी माथिको बालुवा भएको छ । त्यसैगरी महानगरले लागू नर्ग नसक्ने भए पछि किन पाठ्यक्रम लगायो भन्ने विषय पनि महत्त्वपूणर् रहेको शिक्षा विद्हरुले बताएका छन् । महानगर स्रोतका अनुसार विद्यासुन्दर शाक्यको निर्देशनमा सबै काम भएको जनाएको छ । शिक्षाको विषयमा मेयरको अपरिपक्क निणर्यका कारण पाठ्यक्रममा समस्या देखिएको समेत पाइएको छ ।
महानगरले पाठ्यक्रम निर्माण गर्दा निजी विद्यालय क्षेत्रका व्यक्तिहरुलाई सहभागी नगराएका कारण पनि यस्तो समस्या सिर्जना भएको जानकारहरु बताउँदछन् ।
त्यसैगरी महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम निजी शैक्षिक संस्थाहरुले लागू गर्नैपर्ने बताउने गरेका छन् ।
निजी विद्यालयलाई पाठ्यपुस्तक किन्न पाउने व्यवस्था पनि महानगरले गरिदिएको उनले बताए । उनका अनुसार छिट्टै निजी विद्यालय सञ्चालकहरुको भेला गराएर पाठ्यक्रम लागू गराउने तयारीमा महानगर छ ।
महानगरभित्र रहेका ९१ सामूदायिक विद्यालयलाई महानगरले नै शिक्षक उपलब्ध गराएर पठनपाठनलाई अघि बढाएको छ भने निजी विद्यालयमा सञ्चालन हुन सकेको छैन ।
कस्तो छ ? महानगरको स्थानीय पाठ्यक्रम
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको छ । नेपाल भाषा अर्थात नेवारी भाषामा पाठ्युस्तक तयार पारिएकोे छ ।
स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूणर्ाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।
कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूणर्ाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूणर्ाङकको प्रयोगात्मक र २५ पूणर्ाङ्कको सैद्धान्तिक राखिएको छ ।
कक्षा ६, ७ र ८ का लागि ५० पूणर्ाङ्कको सैद्धान्तिक र ५० पूणर्ाङ्कको प्रयोगात्मक राखिएको छ ।
महानगरभित्र ९१ वटा सामूदायिक विद्यालय मध्ये ८५ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् भने ६४० वटा संस्थागत विद्यालय रहेका छन् ।
महानगरभित्रका सबै विद्यालयमा गत वर्षको मंसिर महिनाबाट स्थानीय पाठ्यक्रमको पढाइ सुरु हुनुपर्ने भए पनि अधिकांश निजी विद्यालयहरुले अझै स्थानीय पाठ्क्रमको कक्षा सञ्चालन गराएका छैनन् ।





प्रतिक्रिया