देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तामाङको नेतृत्वमा नेपाल विवेकशील पार्टी दर्ता

देशान्तर

काठमाण्डौँ । कर्मा लामा तामाङको अध्यक्षतामा नेपाल विवेकशील पार्टी दर्ता भएको छ । निर्वाचन आयोगको गत कात्तिक ३० मा बसेको बैठकले पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो ।

तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ । पार्टीले चुनाव चिन्ह कुकुरको मुखाकृति राखेको छ भने पार्टी दर्ता नम्बर १७४ रहेको छ ।

संघीय पदाधिकारीमा अध्यक्ष कर्मा, उपाध्यक्ष अजीता राई, सचिव छिरिङ तामाङ र संगीता बटाजु लगायत छन् ।