देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वार्ताबाटै समाधान खोज्न पौडेलको आग्रह

देशान्तर

वालिङ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसी दललाई वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मधेसवादी दलले गरेको आन्दोलनले जनतालाई सास्ती भइरहेको छ, जनतालाई दुःख दिएर गरिएको आन्दोलनबाट समाधान निस्कदैन, त्यसैले वार्तामा बसेर समाधानतर्फ लाग्नु उचित हुनेछ ।”

नयाँ संविधानले सबै पक्षको हक र अधिकारलाई सुनिश्चित गरेको उनको दाबी थियो । “संविधानले दिएका उपलब्धिको रक्षा गर्नु सबैको दायित्व हो”–उपसभापति पौडेलले भने, “यदि नसमेटिएका विषय भए संविधान संशोधनमार्फत समावेश गर्न सकिन्छ, जसका लागि संसद् चल्नु र आपसी वार्तामा बस्नु आवश्यक छ ।”

अहिलेको सरकारले जुुन अपेक्षाअनुसार काम गर्नुपथ्र्यो त्योअनुसार काम गर्न नसकेको उनको भनाइ थियो ।

काँग्रेस नेता–कार्यकर्तामा आफू पार्टी सभापति हुनुपर्ने बताउँदै उपसभापति पौडेलले त्यसका लागि पार्टीभित्र औपचारिक काम भने गर्न बाँकी रहेको धारणा व्यक्त गरे ।

 

]]>