सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजारमा आफ्नै बाबुले छोराछोरी माथि एसिड प्रहार गरेका छन् ।
सोमबार राति करिब ८ : ४० बजेको समयमा मादक पदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराईलीले आफ्नै २५ वर्षिय छोरा र १६ वर्षिय छोरी माथि एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहार गर्ने बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार शुरु गरिएको छ । छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।
घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।





प्रतिक्रिया