देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुर्व राखेप उपाध्यक्ष टेण्डी शेर्पाको निधन

देशान्तर

काठमाण्डौँ । लामो समय देखि अस्वस्थ रहँदै आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष तथा बाँस्केट बल संघका पुर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षिय शेर्पाको बुधबार बिहान निधन भएको हो । पछिल्लो केहि दिनयता उनको स्वास्थ्य अवस्था थप खराव रहेको थियो । उनको विशालनगरस्थित ओरिगन केयर होममा उपचार भइरहेको थियो ।

नशा सम्बन्धी गम्भिर रोग देखिएपछि उनलाई अमेरिका, भारत र चीन लगायत देशमा उपचारका लागि पुर्याइएपनि स्वास्थ्यमा सुधार नआएपछि नेपालमानै राखेर उपचार भइरहेको थियो । बौद्धस्थित शेर्पा गुम्बामा उनको अन्तिम संस्कार हुने बताइएको छ ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए ।