देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवा खानीमा पुरिएर दुईको मृत्यु

देशान्तर


काठमाडौं-जुम्लाको तिला गाउँपालिका-९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयबासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा संकलनका लागि बालुवा खानी पसेका थिए ।

बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ ।