
सीता राम विवाहपञ्चमीको तयारी सुरु भएको छ । अर्को सातादेखि सुरु हुने सप्ताहव्यापी विवाहपञ्चमीको तयारी अन्तिम चरणमा पुगेको छ ।
जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासका अनुसार अन्तिम तयारी भइरहेको छ । यसवर्ष सीता राम विवाहपञ्चमीमा भारत (अयोध्या)बाट करिब पाँचलाख जन्ती आउने बताइएको छ ।
भारतबाट आएको जानकारीअनुसार विभिन्न साधुसन्तसहित करिब पाँचलाख जन्ती आउने दासले जानकारी दिए । यसैबिच यसवर्ष सीताराम विवाह पञ्चमीमा करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
जानकी मन्दिरको आन्तरिक स्रोत र विभिन्न शुभेच्छुक दाताबाट विवाह पञ्चमी मनाउने मन्दिरको तयारी छ । जानकी मन्दिरको प्राङ्गणमा हिजोदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ ।
सप्ताहव्यापी विवाहपञ्चमीमा सुरक्षा व्यवस्था कडा बनाइने छ । यस वर्ष १२ सय नेपाल प्रहरी विवाहपञ्चमीमा सुरक्षाको लागि खटाइने धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । यस्तै विवाह पञ्चमीको अवसरमा ५१ जोडीले विवाह गर्ने तयारी गरेका छन् ।





प्रतिक्रिया