देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इतिहासकै पहिलो पटक सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् ।

आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा थिए । उनीहरु ३७ दिनपछि इजलासमा फर्किँदैछन् ।

अव सर्वोच्चको इजलासका लागि न्यायाधीशहरुले वरिष्ठताका आधारमा गोला तान्ने र मुद्दाका लागि पुनः अर्को गोला तानेर निर्धारण गरेपछि मात्रै सुनुवाइ सुरु हुनेछ । गोला प्रक्रियालाई पारदर्शी बनाउन सर्वोच्च अदालतको सीसीटिभी क्यामरामा समेत सुरक्षित राखिने बताइएको छ ।