देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शतबीज छरेर बाला चतुर्दशी मनाइयो

देशान्तर

काठमाडौँ । पितृका नाममा दिपदान गरेर बिहीबार बेलुकादेखि बालाचतुर्दशी पर्व मनाइएको छ । पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भीडभाड थियो ।

रातभरि जाग्राम बसी, भजन किर्तन गरी दिप प्रज्वलन गरे पश्चात बिहान स्नान गरेपछि शुक्रबार बिहानैदेखि मानिसहरुले शतबीज छरेका छन् । शतबीज अर्थात् सप्तबीजमा धान, जौ, गहुँ, चना, मकै र कागुनो पर्दछन् ।

नेपालका विभिन्न स्थानमा विभिन्न किसिमका शतबीज तयार पारिन्छ । पशुपतीनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा एउटा गेडा शतबीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने विश्वास धर्मावलम्बीहरूको रही आएको छ । पूर्व सन्ध्यामा पशुपतीनाथ मन्दिर क्षेत्रमा मानिसहरूको उपस्थित बाक्लो थियो ।

उता, पुर्वको पशुपतिनाथ भनेर परिचित खोटाङको हलेसीमा पनि बाला चर्तुदशीको अवसरमा ठूलो मेला लागेको छ । कोरोना कारण दुई बर्ष नलागेको मेला यो पटक बृहत रुपमा लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।