देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मौसम खुलेपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण नियमित

देशान्तर

काठमाण्डौ – भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावित उडान र अवतरण नियमित भएको छ ।

मौसम खुलेपछि उडान र अवतरण सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बिहान ६ सय मिटर भिजिबिलिटी थियो तर अहिले १५ सय मिटर पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

केही दिनदेखि काठमाण्डौको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन ।

मौसममा सुधार आउन केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।