देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६९ लाखसहित एक जना पक्राउ

देशान्तर

काठमाडौं– प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका-१ दरवारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।