देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दरबारमार्गबाट ६९ लाख रुपैयाँसहित एक जना पक्राउ

देशान्तर

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दरवारमार्गको बिइङ्ग ह्युमन नामको कपडा पसलका संचालक हिरोसी खनाल रहेका छन । खनालको पसलमा छापा मारी प्रहरीले ६९ लाख ५० हजार रुपैयाँ बरामद पनि गरेको छ ।

खनालले पसलमा राखेको सो रकमकोे स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

खनाललाई थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभाग पठाइएको छ ।