काठमाडौं-बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सोमबार साँझ पाटन नगरपालिका-१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक छन् । यस्तै पाटन नगरपालिका-१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन् ।
दुर्घटनामा परेर घाइते भएका ६ जनाको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जीप दुर्घटना लगतै जीपका चालक फरार छन् । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जीपका चालक फरार रहेको बताए ।
सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको उनले बताए ।





प्रतिक्रिया