देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उच्च रक्तश्रावका कारण बाजुरामा महिलाको मृत्यू

देशान्तर

बाजुरा । हिमाली गाउँपालिकामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यू भएको छ ।

हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मृत्यू भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै शिशुलाई जन्म दिएकी थिइन् ।

त्यसको केहीबेरमै उनको ज्यान गएको थियो । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगी झाँक्री कहाँ लगिएको थियो ।