देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनकपुरधाममा राम-सीता विवाह उत्सव मनाईँदै

देशान्तर


काठमाडौं-साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्यदिन बुभबार जनकपुरधाममा विवाह उत्सव मनाइएको छ । आज दिउँसो सीता रामको जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ।

दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको छ ।
यसैगरी, जनकपुरको जानकी मन्दिरमा राम-सीता विवाह कार्यक्रम आयोजना गरिएको छ ।

वैवाहिक कार्यक्रम आज राती सम्पन्न हुनेछ । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरु जनकपुरधाम आइसकेका छन् ।