देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार १८ पीसीआर र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३२९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। १२१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ लाख ३७ हजार १७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।