देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त

देशान्तर

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ ।

पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी- २० विश्वकप खेलेको थियो । जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो।

नेपालको प्रशिक्षकका रूपमा काठमाडौंमा भएको एसीसी ट्वान्टी–२० कप दसानायकेको पहिलो आधिकारिक प्रतियोगिता थियो।

अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ प्रशिक्षक खोजिएको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिए पनि सर्टलिस्टमा १५ जनालाई छनोट गरी अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको थियो । यसपटक पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई पनि प्रतिस्पर्धाको अग्रपंक्तिमा थिए ।