देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने

देशान्तर

काठमाण्डौ – कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको छ ।

आउने पुस ९ गते थप ६ लाख २० हजार डोज खोप नेपाल आइपुग्ने सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उहाँका अनुसार कोभ्याक्स मार्फत फाइजरको खोप दोस्रो चरणमा खोप आउन लागेको हो ।

यसअघि कात्तिक ८ गते १ लाख ६ सय २० डोज फाइजर खोप आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिएको थियो ।

अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकी बालबालिकालाई दिइने जनाइएको छ । साथै, भोलि कोभ्याक्समार्फत १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ ।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार पुस ४ गतेदेखि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ।

सरकारले ती जिल्लाका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ । त्यसका लागि विद्यालयमा नै खोप केन्द्र व्यवस्थापन गरिने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।