देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

श्रीमती मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ

देशान्तर

काठमाडौं – कैलालीमा एक महिला कोठामा झुण्डिएको अवस्था मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ परेका छन्।

शुक्रबार बिहान घोडाघोडी नगरपालिका(९ रामशिखरझालाकी २२ वर्षीय झरना विक सुत्ने कोठामा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनापछि मृतक महिलाका माइती पक्षले श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा प्रहरीमा दर्ता गराएका थिए।

त्यसपश्चात् श्रीमान राजेश विक र ससुरा जगतबहादुर विकलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेतप्रकाश जोशीले जानकारी दिएका छन् ।