देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङ दुर्घटना : मृत्यु भएका तीनै जनाको परिचय खुल्यो(अपडेट)

देशान्तर

दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका-४ की साउनी घर्ती रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको पुजाराले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ ।