देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने

देशान्तर

रामपुर – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पन्ध्र दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाडसमेत कटान गर्न लागिएको बताइएको छ ।