देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

देशान्तर

मोरङ – कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ ।

ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालासंँग आयोजित प्रदेशस्तरीय कोभिड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा भारतमा लामो समय बस्ने नेपालीलगायत तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य जाँच, एन्टिजेन परीक्षणका साथै १४ वटै जिल्लाका जिल्ला अस्पतालमा थप सघन उपचार केन्द्रसहित आक्सिजन प्लान्ट जडान गरिएको जनाएको छ ।

सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको तथा मेची, उदयपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा तथा तेह्रथुम जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम सम्पन्न भएको तथा ती अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाइएको बताइएको छ ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले कोरोना खोप केन्द्रको दायरा बढाउँदै खोपलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले कोरोनाविरुद्धको खोपको सहज उपलब्धता भएकाले विद्यालय तथा स्थानीय तहका प्रत्येक वडाका खोप केन्द्र वृद्धि गरी अभियान सञ्चालन गर्न सम्बन्धित सरोकारवालाई निर्देशन दिए ।