देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ६०९ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ६८९ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ। हाल ९६ जना क्वारेन्टाइनमा छन्। १२० जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ४८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।