देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ को नाम र राजधानीको प्रस्ताव पेश गर्ने तयारी

देशान्तर

काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।