देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमांकन टुंग्याएर संविधान संशोधन : मोर्चा

देशान्तर

काठमाडौं । कांग्रेस सभापति कोइरालानिवास महाराजगन्जमा शनिबार बिहान मोर्चासँग भएको छलफलमा कांग्रेसले सबैलाई स्वीकार्य हुने गरी अघि बढ्न तयार रहेको भन्दै संशोधनमा सहमति जुटाउँदै अन्य विषयमा सहमति खोज्न सहयोग गर्न आग्रह गरेको हो । अरू राजनीतिक विषयमा आधार तयार गर्न पनि विधेयक पास गरेर जानुपर्ने भन्दै कांग्रेसले मोर्चासँग यस्तो आग्रह गरेको हो ।

छलफलमा सहभागी कांग्रेस नेता महेश आचार्यले विधेयकको भाषा सुधार गर्ने र राजनीतिक मुद्दामा सहमति खोज्दै जानेमा सकारात्मक कुराकानी भएको जानकारी दिए । ‘संविधान संशोधन प्रस्तावमा सबैका निम्ति स्वीकार्य हुने गरी भाषा परिमार्जन गर्न तयार छौँ भनेका छौँ । कुराकानी सकारात्मक भएको छ,’ आचार्यले  भने, ‘भाषा परिमार्जन गरेर विधेयक अघि बढाएपछि बन्ने विश्वासको वातावरणमा टेकेर अरू राजनीतिक मुद्दामा सहमति गर्दै जान सकिन्छ भन्ने हाम्रो प्रस्ताव छ ।’ 

कांग्रेसले संशोधन विधेयकमा सहभागी भएर सबैलाई स्वीकार्य हुने गरी समाधान गरौँ भन्ने प्रस्ताव गरे पनि मोर्चाका नेताहरूले सीमांकन टुंग्याएर मात्र संविधान संशोधन गर्नुपर्ने माग गरेका थिए । नेता आचार्यका अनुसार विधेयकको भाषा मात्र परिमार्जनले आफूहरूको सबै अपेक्षा पूरा हुन नसक्ने उनीहरूको भनाइ थियो ।  नसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व मात्रै भन्दा पनि सीमांकन बटमलाइन भएको मार्चाका नेताहरूको अडान थियो ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>