देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली नेपाली नोटसहित २ जना पक्राउ

देशान्तर

रौतहट – परोहा नगरपालिका– ८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् ।

बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।