काठमाडौं – कोरोना भाइरसको पछिल्लो ओमिक्रोन भेरिएन्टको जोखिम बढेको भन्दै विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालाई स्थगन गरिएको छ ।
अब तत्काल सो निणर्य कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।
शुक्रबार साँझ मात्र अमेरिका, मलेसिया तथा विभिन्न युरोपेलीसहित ६७ मुलुकबाट नेपाल प्रवेश गर्नेले सात दिन होटल क्वारेन्टिन बस्नुपर्नेलगायत नियम लागू गरिएको भनेर जानकारी दिएको अध्यागमन विभाले शनिबार बिहान अर्को सूचना प्रकाशन गरी अहिलेलाई यो कुरा लागू नहुने जानकारी दिएको हो ।
‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध ९७ दिन अनिवार्य होटेल क्वारेन्टिन० सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ’, अध्यागमनको पछिल्लो सूचनामा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना यथावत् रहने छन् ।’





प्रतिक्रिया