देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनोनीतमा ओलीको गुटबन्दी

देशान्तर

काठमाडौं । नेपाली राजनीतिक वृृत्तमा झुट बेइमान र धोकाको उपमा पाएका र एकदमै अहंकारी र गुटगत स्वार्थमा मात्रै रमाउने केपी शर्मा ओलीले दसौं महाधिवेशन पछि मनोनीत गरेका ४४ जना केन्द्रीय सदस्यहरूका विषयमा पनि पार्टीभित्रै असन्तुष्टि देखिएको छ ।

केन्द्रीय समितिको दोस्रो बैठकमा अध्यक्ष ओलीले ‘बिना मापदण्ड’ मनोनीत गर्नका लागि राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरूले नै असन्तुष्ट बनेको बताइएको छ ।

ओलीले ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा पार्टीमा अरु कसैसँग पनि छलफल नै नगरेको भन्दै उनी निकटकै नेताहरूसमेत असन्तुष्ट देखिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम सिफारिस गरेको भन्दै विरोध गरेका थिए ।

विगतमा पनि ओली एकलौटी चलेकै कारण माधव नेपालले पार्टी विभाजन गरेको घाउ पनि निको नहुँदै चितवन महाधिवेशनमा एकलौटी गरेर अध्यक्षमा निर्वाचित भएका ओली अहिले फेरि एक्लै अघि बढ्दा खोज्दा असन्तुष्ट नेताहरूले कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउन आग्रह गर्दा उनीहरूको कुरा नै नसुनी अघि बढेका थिए ।

त्यसैगरी केन्द्रीय सदस्यको मनोनयन र पोलिटब्युरो गठनमा ओलीकै भक्त मानिने उपाध्यक्ष सुवास नेम्बाङ, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठकमा ओलीले बिनामापदण्ड आफूखुसी मनोनीत गर्दा योग्य व्यक्तिहरू नै पार्टीबाट विस्थापन हुने अवस्था आएको एमालेकै नेताहरूले बताउने गरेका छन् ।