देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिरहामा दुई समूहबीच छुरा हानाहान

देशान्तर

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–६ मा शनिवार राति युवाहरुको दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते छन् ।

छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छात्तीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार के विषयमा विवाद भएर छुरा हानाहान भएको भन्ने खुल्न नसकेको बताए । उनले घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी गरिरहेको पनि बताए ।