सर्लाही – सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने ४८ वर्षीय प्रमोदकुमार र ३७ वर्षीय आशिष कुमार छन्। सर्लाहीको मलंगवा नगरपालिका- ८ स्थित सीमा इलाकाबाट शनिबार उनीहरू पक्राउ परेका हुन्।
बी आर३०वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीसमक्ष बुझाइएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।





प्रतिक्रिया