देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

देशान्तर

काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् ।

यसैगरी श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।

लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।