
काठमाडौं-नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आगो लागेको छ ।
प्रहरीका अनुसार इन्भर्टर सर्ट भएर दिउँसो लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ ।
आगलागीले जीमसेन्टर पूणर्रुपमा क्षतिग्रस्त बनेको छ । क्षतिको विवरण भने आइसकेको छैन । घटनास्थलमा नेपाली सेनाको एउटा, काठमाडौं महानगरपालिकाको दुईवटा, ललितपुर महानगरपालिकाको एउटा र भक्तपुरको एउटा दमकल परिचालित गरिएको थियो ।





प्रतिक्रिया