देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै पनि बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ ।

एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

आजको बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो । एमालेको चर्का नाराबाजी बीच बैठकले २ वटा अध्यादेश स्वीकृत गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो ।