देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२५९८ निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

देशान्तर

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ ।

२ हजार ५९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।