देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २९३ कोरोना संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

देशान्तर

काठमाडौ‌ – नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।