देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

देशान्तर

दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् ।

घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।
घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए ।

उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।