देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालनमा

देशान्तर

काठमाडौँ – हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक एक समाजिक संस्थाले काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले क्याम्पसमा सो प्लान्ट सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नाम मात्रको मिनिरल वाटर भइरहेको यो बेलामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएका बताएका छन् । उनले पानीको महत्वलाई बुझेर गुणस्तर र मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पिउने पानीको व्यवस्था मिलाउनु सह्रानीय भएको बताए । अध्यक्ष अन्सारीले सरकारी तहबाहेक पनि अन्य निजी संघसंस्थाहरुले आवश्यक ठाउँमा गरेका कामबाट समाजलाई विकसित गराउन मद्दत मिल्ने बताएका छन् ।

अध्यक्ष अन्सारीले भने ‘यो प्लान्टले के सावित गर्छ भने अहिलेको अवस्थामा पानीको जुन महत्व छ, जुन स्वच्छ पानीको कुरा छ, मिनिरल वाटर हामी सहजैसँग बोतल वा जारको लिन्छौँ, तर त्यो नामको मात्रै मिनिरल वाटर हुन्छ, कतिपय राम्रो पनि छ । तर कतिपय नामको मात्रै हुन्छ र आफ्नो आत्मालाई चाहिने स्वच्छ पानी खान सकिरहेका छैनौँ । सन्तुष्टि दिलाउनको लागि मात्रै खाइरहेका छौँ । त्यो भन्दा राम्रो हामीले नर्मल पानी बोइल्ड गरेर खायो भने हुन्छ । अहिले गुणस्तर मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पानी पिउने व्यवस्था मिलाउनु काम उत्कृष्ट छ ।’

कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टका संयोजक तथा पूर्वविद्यार्थी आरिफ अन्सारीले विद्यार्थीहरुलाई पिउने पानीको व्यवस्था नहुँदा अनेक समस्या झेल्नुपरेको आफ्नो अनुभवबाट सिकेर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको बताउनु भयो । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले देशभरका विभिन्न ८० भन्दा धेरै क्याम्पसहरुमा प्लान्ट स्थापना गरेको र काठमाडौंका वाल्मीकि क्याम्पस, महानगरीय प्रहरी कार्यालय र पाटन संयुक्त क्याम्पसमा प्लान्ट राख्ने योजना रहेको जनाएको छ ।

संयोजक अन्सारीले भने ‘पहिला पानी पिउने व्यवस्था थिएन, घरबाट नै विद्यार्धीहरुले पानी बोकेर आउनु पर्ने बाध्यता थियो, त्यसैले अहिले हामीले त्यो बाध्यता हटाउनका लागि प्रशोधित पिउने पानीको व्यवस्था गरेका छौँ । यो १० वर्षसम्म चल्छ, राम्रोसँग चलाएमा त्यो भन्दा धेरै चल्छ । हामीले अहिले देशभरका ८० भन्दा धेरै विद्यालय, क्याम्पसहरुमा प्लान्ट राखेका छौँ । ५० वटा राख्दैछौँ । काठमाडौंमा अझै ३ ठाउँमा राख्दैछौँ । वाल्मीकि क्याम्पस, मेट्रोपोलिशन पुलिस अफिस रानीपोखरी र पाटन मन्टिपल क्याम्पसमा राख्नेछौँ ।’

संयोजक अन्सारीले यो प्लान्ट १० वर्षसम्म राम्रोसँग चल्ने बताउनु भयो । अब विद्यार्थीहरुले घरबाटै पानी बोकेर आउनु पर्ने बाध्यता हटेको र बोतलमा भरेर विद्यार्थीहरुले पानी घर लिएर जानसक्ने गरी क्याम्पससँग सम्झौता भएको उनले बताएका छन् ।