देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिराहा र सप्तरीबाट ७० किलो गाँजा बरामद

देशान्तर

काठमाडौं – सशस्त्र प्रहरीले विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ ।

सिराहाको औरही गाउँपालिका –१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो ।

३० किलो गाँजा भारत लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।

सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।