देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोलुखोला दुधकोशी हाईड्रोमा पाईप पड्किदा दुई ईन्जिनियरको मृत्यु, एक घाईते

देशान्तर

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ मा निर्माणाधिन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पानी परिक्षणको क्रममा २ जना ईन्जिनियरको मृत्यू भएको छ ।

शुरुङमार्गको काम सम्पन्न गरि विद्युत उत्पादनको अन्तिम तयारी अवस्थामा रहेको आयोजनामा पानी परिक्षण गर्ने क्रममा पाईप पड्कदा २ जना ईन्जिनियर मृत्यू भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

आईतबार अपरान्ह फलामको पाईपमा पानी हाल्ने क्रममा सो पाईप पड्किएपछि उक्त घटना भएको हो । घटनामा माछापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीका ईन्जिनियर अछामका २६ बर्षिय सुवासराज रेग्मी र काभ्रेका २९ बर्षिय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्ष्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ईन्जिनियर गंगेश कर्णले बताए ।

घटना लगत्तै बेहोस भएका उनीहरुलाई ओखल्ढुंगा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए । घटनामा हाईड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट मेनेजर ईन्जिनियर मोहम्मद रईन घाईते भएका छन् । उनलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ ।