देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गागलफेदीमा एक महिला मृत फेला

देशान्तर

काठमाडौं – कागेश्वरी मनोहरा–१ को गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।

३३ वर्षीया धनमाया तामाङको सडक किनारामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।