
काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट शङ्कास्पद ९ जना बिचौलिया पक्राउ परेका छन् ।
लाइसेन्स, ब्लु-बुकलगायतका कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर छिटोछरितो काम गरिदिने आश्वासन दिएर तानातान गर्दै हैरानी बनाउने ९ जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सेवाग्राहीको गुनासोको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।





प्रतिक्रिया