देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा ५को मृत्यु ३ जना घाइते

देशान्तर


काठमाडौं-रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले देशान्तरलाई जानकारी दिए ।

डीएसपी भण्डारीका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगिसकेको छ ।