देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको तेस्रो मात्रा खोप दिने निर्णय

देशान्तर

काठमाडौं – सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउने निर्णय भएको  जानकारी दिए ।

उनले भने, अब हामीले जेष्ठ नागरिकलाई अतिरिक्त खोप दिन्छौं । यो अभियान अघि बढ्छ ।’ सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिएको छ । अहिले दैनिक ३ लाख बढिले कोरोनाविरुद्ध खोप लगाइरहेका छन्।