देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्राउन सुगर किन्न लागेको अवस्थामा र्‍यापर रानारा पोखराबाट पक्राउ

देशान्तर

काठमाडौँ — चर्चित र्‍यापर आशिष राना लाउरे पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ, एसपी थापाले भने, उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।

एसपी थापाले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।