देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पारवहन अवरोध तत्काल नहटे नेपालमा मानवीय संकट आउने चेतावनी

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघले भारतसँगको सिमानामा जारी पारवहन अवरोध तत्काल नहटे नेपालमा मानवीय संकट आउने चेतावनी दिएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले विज्ञप्ति जारी गरी  खाद्यान्नसहितको अत्यावश्यक सामानको निर्वाध प्रवाहलाई नरोक्नसमेत आग्रह गरेको छ ।  

भारतबाट हुने आयातमा मात्र अत्यधिक भर परेको नेपालका लागि भारतीय सिमानामा भएको पारवहन अवरोधले इन्धनका अतिरित्तस् चामल, तेल, दाल, चिनी तथा नुनजस्ता अत्यावश्यक सामानको भाउ ३० प्रतिशत भन्दा बढीले वृद्धि भइसकेको र भाउ अझै बढ्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसंघले दैनिक गुजारा गर्नका लागिसमेत संघर्ष गर्नुपर्ने नेपालीलाई राजनीतिक संकटको भूमरीमा नपार्न र सिमानाबाट खाद्यान्नको स्वतन्त्र प्रवाहलाई नरोक्न सबै पक्षसँग आग्रह गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 

]]>