देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुवातास खेलिरहेका १३ जना ५२ हजार रुपैयाँसहित पक्राउ

देशान्तर

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।

सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भेरी नगरपालिका–५ का ४२ वर्षीया दलबहादुर घर्ती, भेरी–४ को ४६ वर्षीय प्रचण्डजंग शाह, भेरी–८ का २५ वर्षीय जीवन खत्री, भेरी–४ का २७ वर्षीय प्रभात केसी, भेरी–६ बस्ने ३४ वर्षीय शशी बुढा, भेरी–४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी–४ का २७ वर्षीय २७ नीराजन भडेल, छेडागाड नगरपाललिका– १३ का ४२ वर्षीय कर्णबहादुर खड्का छेडागाड–५ का ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड–१० का ३६ वर्षीय प्रशुराम गिरी कुशे गापा–९ का वर्ष ४८ को दिकपाल आरसीजी, रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ का २० वर्षीय विकाश विक र चौरजहारी नगर–३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीले खालबाट दुई लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ । उनीहरूलाई थुनामा राख्न म्याद थपका लागि प्रक्रियाअगाडि बढाउन लागिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका घर्ती भेरीको प्रमुख प्रशाकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली कांग्रेस भेरीका सभापति हुन् ।