देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

देशान्तर

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ९६२ परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

यस्तै १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ७ हजार ६३१ परीक्षणबाट २१६ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमा हालसम्म ८ लाख २८ हजार ९८६ जना संक्रमित भएका छन् ।

२४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट २ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ५९८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ९७१ जना छन् ।

२४ घण्टामा १ लाख ३३ हजार ८१२ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।