देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७२ किलो गाँजासहित दुईजना पक्राउ

देशान्तर

काठमाडौं – सुनसरीको इटहरी उप-महानगरपालिका-२० बाट ७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका(१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय संजिव राईलाई पक्राउ गरिएको हो ।

आइतबार राति साढे १२ बजे कोशी राजमार्गको तरहरा चोकमा प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका दुई जनाले झोला फाली भागेको प्रहरीले बताएको छ। उनीहरूलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।