काठमाडौँ – केही दिन अघि नवलपरासी पश्चिम मा ७ जनाको समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
पुस १६ गतेका दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।
उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, २१ तुलबहादुर घर्ती , २६ वर्षीय गणेश थापा , सोही उमेरका भुवनसिंह दर्लामी, २२ वर्षीय टेकबहादुर सोमै, वर्ष १९ का लीलबहादुर दर्लामी, वर्ष २७ का सुस्त सारू, सोही उमेरका थम्मन बहादुर बारघरे र वर्ष २८ का रेसम दर्लामीलाई पक्राउ गरी सोमबार अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





प्रतिक्रिया